भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले पनि पुरस्कार प्राप्त गरे ।
महोत्सव प्रतिस्पर्धामा आँचल शर्मा, मोहन निरौला, सुष्मा कार्की, मोहन राई र शान्तिप्रिय, जय निशान्त र सुवास प्रधान निर्णायक थिए । अन्तर्राष्ट्रिय निर्णायकमा पोल्यान्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर थिए ।
तीन दिन चलेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै छलफल सत्र र मास्टर क्लास आयोजना भएको थियो ।