
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई प्रदेशसभा सांसदबाट कारबाही गरेकी छिन् । उनले कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएकी छिन् ।
नाउपाका सात प्रदेशसभा सदस्यमध्ये पाँच जना कमल शाह नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । उनीहरू मन्त्री बनेपछि रञ्जिताले सरकारबाट फिर्ता हुन लिखित निर्देशनसमेत दिएकी थिइन् । र, स्पष्टीकरण सोधेकी थिइन् । तर, सांसद गिरीले स्पष्टीकरण नदिएको भन्दै उनलाई कारबाही गरिएको श्रेष्ठले बताएकी छिन् । गिरी समानुपातिक सांसद हुन् । अब प्रदेशसभाका सभामुखले उनको पद रिक्त भएको जानकारी गराए उनी पदमुक्त हुनेछिन् । त्यसपछि उनको स्थानमा अर्को सांसद निर्वाचित गर्ने बाटो खुल्नेछ ।