गण्डकी प्रदेशको मुख्यमन्त्री दावी गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन् । बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लिराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका हुन् ।
पाण्डेले बुधबार विहान पदबाट राजीनामा दिएका छन् । भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै सरकार गठनको लागी दलहरुलाई मौका दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर