कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार भएका हुन् ।
नेकपा माओवादी कर्णाली प्रदेश प्रदेश इन्चार्ज कालीबहादुर मल्लले शर्मा राजीनामा दिन तयार भएको रातोपाटीलाई बताए । उनले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने या त्यसअघि नै दिनेबारे भने केहीबेरमा टुंगो लाग्ने उनको भनाइ छ । बुधबार नै ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।










