मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबार बजार ९.१९ अंकले बढेर २०३६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।










