नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई मत दिने भएको छ । सत्ता गठबन्धनभित्र राष्ट्रिय सभाको उपाध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको सो पार्टीले सो पद नपाएपछि एमाले उम्मेदवारलाई नै मत हाल्ने निर्णयमा पुगेको हो । नेकपा एकीकृत समाजवादीकी राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले सत्ता गठबन्धनमै रहेकाले कांग्रेस उम्मेदवारलाई मत दिन उचित नहुने बताइन् ।

‘सत्ता गठबन्धनमै भएकाले शीर्ष नेतृत्वबाट एमाले उम्मेदवारलाई नै मत दिने सङ्केत आएको छ’, राईले भनिन्,‘ गठबन्धनबाहिर भएको भए बेग्लै हुन्थ्यो ।’
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले प्रतिस्पर्धा गर्दैछन् । उपाध्यक्षका लागि आज बुधवार १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा मतदान हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर