नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आइतबारदेखि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।

यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। मंगलबार सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर