राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो ।
नेपालको वायु प्रदूषण दिल्लीको भन्दा पनि खराब देखिएको छ। सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा छ।
काठमाडौँपछि छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली दोस्रो प्रदूषित सहर रहेको छ । त्यस्तै, बंगलादेशको राजधानी ढाका तेस्रो स्थानमा र पाकिस्तानको लाहोर सहर चौथो स्थानमा छ । पाँचौँ स्थानमा इराकको राजधानी बगदाद रहेको छ ।










