नेकपा एमालेका सांसद सूर्य थापाले सहकारीको रकम अपचलनको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राखेको माग सत्ता गठबन्धनमा भ्वाङ पार्ने उद्देयश्यले भएको टिप्पणी गरेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनको विषय अदालतमा विचाराधीन रहेको भन्दै थापाले अदालतमा विचाराधीन विषय संसदमा बहस गर्न नहुने पनि बताए ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, ‘सत्ता गठबन्धनमा भ्वाङ पार्ने अरण्य रोदन हो । यसले देशलाई केही फाइदा हुँदैन ।’

सहकारी पीडितहरुलाई न्याय र दोषीलाई दण्डित हुनुपर्ने भन्दै उनले यसलाई सत्ता पक्ष र प्रतिपक्षको सौदाबाजीको विषय नबनाउन आग्रह गरे ।

सत्तारूढ दल नेकपा एमालेका सांसद सूर्य थापाले तथ्य र प्रमाणको आधारमा सदनमा प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।

सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ ।  तर, सत्तारुढ दलहरुले भने समिति बन्न नसक्ने बताइरहेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै उनले सुन काण्डमा एमालेले तथ्यसहित छानबिन समिति गठनको माग गरेको र यसले परिणाम पनि दिएको भन्दै उनले कांग्रेसले पनि प्रमाणसहित विषय उठान गर्नुपर्ने बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर