हलिउड ब्लकबस्टर फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको पहिलो ट्रेलर सार्वजनिक भएको छ । ‘जोकर : फोली ए ड्युक्स’ नाम दिइएको श्रृंखलालाई सन् २०२४ कै प्रतीक्षित हलिउड फिल्म मानिएको छ ।
ट्रेलरमा फिल्मका दुई मुख्य पात्र अपराधका क्लाउन प्रिन्स र हार्ले क्वीनले अहिलेको विश्वमा प्रेम सबैभन्दा आवश्यक रहेको बताउँछन् । फिल्मले दिन खोजेको सन्देश पनि यही हो ।
फिल्ममा अभिनेता जोकिन फिनिक्सले ओस्कार विजयी चरित्र आर्थर फ्लेक (जो पछि ब्याटम्यानको कुख्यात शत्रु बन्छ)को चरित्रलाई पुनः निर्वाह गरेका छन् । लेडी गायाले यसमा हार्ले क्वीनको भूमिका निर्वाह गरेकी छन् ।










