पछिल्लाे समय बढ्दो क्रममा रहेको सुनको भाउमा बिहीबार सामान्य गिरावट देखिएको छ। चाँदीको भाउ भने स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ थियो।










