इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पार्न सकेको छ । बाँकी तीन खेलमा भने मुम्बई पराजित भएको छ । मुम्बईले सुरुको तीन खेलमा लगातार हारको सामना गर्नु परेको थियो ।

मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले र दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको थियो । मुम्बई आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो । बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो छैटौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको पाँचमध्ये एक खेलमा मात्र बैंगलरु विजयी भएको छ । बाँकी चार खेलमा बैंगलुरुले नमिठो हारको सामना गर्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर