
नायक राजेश हमाल क्यानडा अध्यनका लागि ख्यातिप्राप्त गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर बनेका छन् । गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धीरज कँडेलले कन्सल्टेन्सी र हमाल दुवै पक्षबीच त्यस्तो सम्झौता भएको जानकारी दिएका हुन् ।
आफू सानैदेखि हमालको फ्यान रहेको र हाल उनीसँगै काम गर्न पाउँदा निकै हर्षित भएको कँडेलले बताए । हमालले हिजो मात्रै ट्राफिक सचेतनामूलक टीभीविज्ञापनको पनि छायाकन गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निकै नै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको कँडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन् ।
अर्का एड्भाइजर राम खड्काले क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्टेन्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरू गर्ने बताएका छन् । खड्का लामो समय क्यानडासमेत बसोबास गरेका थिए र उनी विद्यार्थीमाझ निकै नै प्रख्यात पनि छन् ।
गोरेटोका काउन्सिलर प्रकाश रेग्मी पनि यो सम्झौतापश्चात् उत्साहित देखिएका छन् । क्यानडाले हालसालै अन्तर्राष्ट्रिय विद्यार्थीलक्षित केही नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरूको क्यानडा बसाइ राम्रो बनोस् भन्नका लागि नै बनाएको उनले बताएका छन् ।
डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानडाजस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशका लागि केही गर्नका लागि युवाहरूलाई अनुरोध गरेका छन् । नायक राजेश हमाल स्वयम् पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक बौद्धिक व्यक्तित्व हुन् ।