नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको छ ।  सुन प्रतितोला ३ हजार रुपैंयाले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अहिलेसम्मकै उच्च हो । आज चाँदीको मूल्य ५० रुपैंयाले घटेर प्रतितोला १ हजार ७०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर