अष्ट्रेलियाको सिड्नीमा चक्कु प्रहारबाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि चक्कु प्रहारको अर्को घटना भएको छ । यो घटनामा भने कसैको मृत्यु भएको छैन तर चार जना घाइते भएका छन् ।

अष्ट्रेलिया प्रहरीका अनुसार सोमबार सिड्नीको उपनगर वाकेलीमा अवस्थित इसिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको समयमा चक्कु प्रहार भएको थियो । एक १५ वर्षे युवकले बिशप, एक पादरी र अन्य व्यक्तिहरूलाई आक्रमण गरेका थिए । प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको बेला यो आक्रमणलाई पनि सबैले देखेका थिए ।

यो घटनामा आक्रमणकारी पनि घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । एक साताभित्रै दुईपटक चक्कु प्रहारको घटना भएपछि प्रहरीले यसलाई धर्मको आधारमा भएको आतंकवादी हमलाको संज्ञा दिएको अलजजिराले जनाएको छ ।

न्यू साउथवेल्स प्रहरीका आयुक्त करेन वेबले मंगलबार पत्रकारहरुसँग भनेकी छन्, ‘सबै कुरा विचार गर्दा मैले यसलाई आतकंवादी घटना हो भन्दछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर