मंगलबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ।आज सुनको मूल्य एक हजार ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ।
सोमबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबारको बजारमा चाँदी एक हजार ७५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। सोमबार तोलाको एक हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो।अहिले भइरहेकाे इरान र इजरायल बिचको युद्ध र डलरको भाउ बढेका कारण यस दिन सुनको मूल्य उच्च रुपमा बढेको छ।










