नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन गिरावट आएको छ । आज पनि १४.८१ अङ्कले घटेसँगै परिसूचक १९९१.७१ अङ्कमा आइपुगेको छ । यो नेप्से परिसूचकमा आज आएको ०.७३ प्रतिशतको गिरावट हो ।

यसअघि चैत महिनाको २८ गते नेप्से परिसूचक १०.३० अङ्कले घटेको थियो । त्यसअघि चैत २७ र चैत २५ गते मात्रै नेप्से परिसूचक बढेको थियो । नयाँ वर्ष २०८१ साल सुरु भएपछि कारोबार भएका सबै दिनमा पनि परिसूचक लगातार घटेको छ । यस क्रममा आज २ अर्ब १० करोड रुपैयाँ बराबरको ५४ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।

दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।  एसबीएल डिबेञ्चर २०८९ र गुर्खास फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो । यता रुरु जलविद्युत परियोजनाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर