साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार बजार १९.५६ अंकले घटेर १९७२ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

उक्त दिन रुरु जलविद्युत कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गुर्खाज फाइनान्सको ९.३९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको ८.८९ प्रतिशत, सिवाइसी लघुवित्तको ६.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर