इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्सबिच खेल हुँदैछ । खेल लखनउपस्थित अटल बिहारी बाजपेई क्रिकेट स्टेडियम (ईकाना) मा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ३४औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा लखनउ र चेन्नई दुबैले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
चेन्नई आठ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । चेन्नईले जारी आईपीएलमा जितसँगै आफ्नो यात्रा प्रारम्भ गरेको थियो । आफ्नो पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो । त्यो जारी आईपीएलको उद्घाटन खेल पनि थियो ।










