नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। त्यस दिन सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आज प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।

बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर