रूसी सेनामा रहेका नेपालीहरुका परिवारले धर्ना सुरु गरेका छन् । शुक्रबारदेखि उनीहरुले माइतीघरमा सामूहिक रुपमा धर्ना सुरु गरेका हुन् ।

उनीहरुले रुसी सेनामा रहेका आफन्तहरु उद्दार गरिदिन पटक पटक गरिएको प्रयास उपलब्धिमुलक नरहेको भन्दै सरकारलाई दबाब दिन धर्ना सुरु गरिएको बताएका छन् ।

शुक्रबार दिउँसोदेखि रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षा अभियानबाट अभियन्ता कृतु भण्डारीको नेतृत्वमा १२ परिवारले अनशन थालेका हुन् ।

उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर