ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करणमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ले सर्वोत्कृष्ट फिल्मसहित तीन विधा जितेको छ । यो फिल्मले पटकथा र अभिनेतृतर्फ जुरी मेन्सन अवार्ड पनि जित्यो ।
मलिका महतले उक्त नारीप्रधान सोसल-ड्रामा फिल्मबाट जुरी अवार्ड जितिन् । रामेछापमा शनिबार सम्पन्न महोत्सवमा १६ विधाका फिल्म र निर्मातालाई पुरस्कृत पनि गरियो ।
निर्देशन विधामा ‘दिमाग खराब’बाट निश्चल बस्नेत उत्कृष्ट घोषित भए । अभिनेत्रीतर्फ ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा अभिनेतातर्फ दयाहाङ राई सर्वोत्कृष्ट बने ।
विजेतालाई पुरस्कृत गर्दै फिल्म निर्देशक दयाराम दाहालले काठमाण्डौंबाट नजिकै रहेको रामेछाप जिल्लामा छायांकन गर्न मिल्ने धेरै ठाउँ आफूले यात्राको क्रममा देखेको बताए ।
सेलिब्रेटी नेपालले महोत्सव आयोजना गरेको हो ।










