साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार बजार ३.२४ अंकले घटेर १९६५ को विन्दुमा कायम हुन पुगेको छ ।

लगानीकर्ताहरु फाइनान्स कम्पनीहरु तर्फ आकर्षित भएका देखिएको छ। यस दिन नेप्से परिसूचक घटेपनि फाइनान्स उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ।

सबैभन्दा बढी नेपाल पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २६ लाख ४६ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको मल्टिप्रपोज फाइनान्सको ९ करोड ४० लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। घटेर परिसूचकहरुको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

यस दिन शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनी रहेका छन्। जसमध्ये मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने स्वाभिमान लघुवित्तको शेयरमूल्य ६.७९ प्रतिशत बढेको छ। यस दिन सबैको लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.८३ प्रतिशत घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर