
काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। काठमाडौँ उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार अहिले काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ। जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ।
काठमाडौं उपत्यकाको वायु प्रदूषण अझै घट्न सकेको छैन । काठमाडौं उपत्यकासहित विभिन्न उपत्यका र तराईका आकाशमा लगातार तुवाँलोले ढाकिरहेका वेला डढेलोसमेत फैलिए पछि प्रदूषण बढेको हो । उद्योग, सवारी साधनले वर्षभर नै वायु प्रदूषण हुने तर अहिलेको सिजनमा डढेलो र कृषि अवशेषका कारण वायुको गुणस्तर थप खस्किएको हो ।
काठमाडौँ उपत्यकामा पछिल्ला समय वायुको गुणस्तर खतरनाक स्तरभन्दा निकै माथि पुगेको छ । यस्तो अवस्थामा घाँटी बस्ने, खस–खस हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने गर्दछ । डढेलो, कृषि अवशेष जलाउनु, सवारी साधन, उद्योग, निर्माण कार्य लगायतका कारण वायु प्रदूषण बढेको हो ।
हावा नचल्ने, पानी नपर्ने भएकाले उपत्यकाको वायु गुणस्तर झनै खराब भएको हो । काठमाडौँ उपत्यकामा पानी नपरेकोले प्रदुषण कम हुन सकेको छैन ।
ठूलो हावाहुरी र पानी नपरेसम्म वायु प्रदूषण नियन्त्रण नहुने विज्ञहरु बताउछन ।