शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।  सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले मंहगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ६७५ रुपैयाँ किनबेच भइरहेको छ । बिहीबार प्रतितोला एक हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर