उपनिर्वाचन भइरहेका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा मतदान जारी छ। बिहान सात बजे सुरु भएको मतदान अन्तिम चरणमा पुगेको छ।

फाट्टफुट्ट रुपमा मतदाताहरु मतदानस्थल पुगिरहेका छन्। इलाममा ६३ र बझाङमा ५३ प्रतिशत मत खस्ने निर्वाचन आयोगको अनुमान छ।

मतदाता आउन छोडे पनि तोकिएको समय साँझ ५ बजेसम्म पर्खिनुपर्ने हुन्छ। सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकेपछि गणना सुरु हुनेछ।

निर्वाचन आयोगले इलाम-२ को मतगणना आजै राति सुरु हुने जनाएको छ। बझाङको मत भने भोलि बिहान ११ बजेदेखि गणना थालिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर