चलचित्र विकास बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरमा पाँचदिने मेकअपसम्बन्धी कार्यशाला सञ्चालन गर्ने भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै बोर्डले वैशाख २१ देखि २५ गतेसम्म कार्यशाला हुने जनाएको हो ।

बोर्डको इतिहासमा पहिलोपटक मेकअप कार्यशाला हुन लागेको हो । आर्थिक वर्ष २०८०-८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार फिल्मकर्मीको दक्षता अभिवृद्धिका लागि कार्यशाला आयोजना गर्न लागेको जनाइएको छ ।

कार्यशालामा पाका मेकअप आर्टिस्ट सन्तु तामाङले सौन्दर्य कला शैलीबारे सिकाउनेछन् । कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीका अनुसार सौन्दर्य कलाको तालिम लिएका र स्थानीय कलाकारसँग काम गरेका २० जनाले कार्यशालामा सहभागिता जनाउनेछन् ।

‘जहिले पनि मधेश प्रदेशलाई पछाडि राखिएको थियो । यसपटक भने हामीले प्राथमिकतामा राखेर कार्यशाला गर्न लागेका छौं । प्राविधिकको सीप अभिवृद्धि गर्नु हाम्रो उद्देश्य हो,’ संयोजक केसीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर