साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार १४.३३ अंकले बढेरर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३०८ कम्पनीको ६८ लाख १४ हजार ४१३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ५३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १२ वटा उपसूचकमा हरियाली छाएको छ । ।
सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १३ करोड ५ लाख ९२ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको मल्टिप्रपोज फाइनान्सको १० करोड ९९ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।