साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २ हजारमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८ मा कायम भएको हो । नेप्से घटे पनि ४ अर्ब १३ करोडको कारोबार भएको छ । कुल ७८ कम्पनीको मूल्य बढ्दा १६१ को घटेको छ भने ५ को स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन विकास बैंक समूहमा देखिएको आकर्षण आज माइक्रोफाइनान्स समूहमा सरेको छ । सो समूह ३.४५ प्रतिशत बढ्यो । व्यापार ०.०६ प्रतिशत बढ्यो भने अरु सबै घटेका छन् । बैंकिङ ०.८२, विकास बैंक २.०३, फाइनान्स ०.४६, होटल तथा पर्यटन ०.४६, हाइड्रोपावर १.११, जीवन बीमा ०.४०, निर्जीवन बीमा ०.९७, उत्पादन ०.०४ र अन्य समूह ०.७८ प्रतिशत घटे ।

प्रतिक्रिया

सम्बन्धित खवर