एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को उपाधि सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामाले जितेका छन् । करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट ईभेण्ट्सद्धारा आयोजित एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३ को मिस र मिसेस क्याटेगोरीमा क्रिस्मा र श्रीमती सोलिनाले शिर्ष उपाधी हात पार्दा मिस अरुणा पुरी श्रीमती प्रिना राई गुरुङ फर्स्ट रनर अप, मिस बिनिता खड्का र श्रीमती झरना काफ्ले सेकेण्ड रनर अप बन्न सफल भए ।

प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडर तर्फ मिस कृतिका गिरी र श्रीमती संगम शर्मा विजयी रहदा आयोजक छनोटतर्फ क्रान्ति घिमिरे उत्कृष्ट बने । जसमा सरिता पत्र वंशले व्युटि बिथ ब्रेनको उपाधि जित्न सफल रहिन ।
तियोगिताका शिर्ष टाईटल विजेताहरुले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे ।

आयोजक संस्थाका प्रमुख कृष्ण श्रेष्ठ (रोविन ) अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटि स्कूल अफ ब्यूटिसियनबाट १२ हजारको एक हप्ते कपाल र छाला मास्टर क्लास निशुल्क लिन पाउनेछन् भने इटालवाक्स प्रोफेशनल कस्मेटिक्स र पाईसी कस्मेटिक्सबाट उपहारहरू प्राप्त गर्नेछन् ।

श्रेष्ठका अनुसार विजेताहरुलाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट मूभि खेल्ने अवसर समेत दिलाईनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर