साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । आइतबार बजार ८.२६ अंकले बढेर १९७४ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।

श्रृजनीशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको हो । त्यसैगरी, उन्नती सहकार्य लघुवित्तको ७.७२ प्रतिशत, यूनाइटेड अजोड इन्स्योरेन्सको ५.६९ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.५५ प्रतिशत, एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर