साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार २२.१४ अंकले घटेर २१०९ को विन्दुमा कायम हुन पुगेको छ ।

सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ६६ लाख १३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १५ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १४ करोड ८१ लाख ८४ हजार रुपैयाँ, नबील बैंकको १३ करोड ४० लाख ४४ हजार रुपैयाँ र सोल्टी होटलको १० करोड १ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर