विशिष्ट गीतकार डा. भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ प्रदान गरिएको छ । गीतकार सङ्घ नेपालले १५औँ स्थापना दिवसको अवसर पारेर सोमबार आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम– २०८०’ मा उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा संस्कृति, तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले डा. रिजाललाई एक लाख ५१ हजार रुपैयाँ सहित माला र ताम्रपत्रद्वारा सम्मान अर्पण गरे ।

त्यसैगरी कार्यक्रममा मैथिली गीतकार अशोक दत्तलाई २५,२५२ नगद राशि सहित ‘विष्णु मनसरा मातृभाषा २०८०’ प्रदान गरियो । सोही समारोहमा अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई १५ हजार राशिसहितको ‘वर्ष डायस्पोरा गीतकार सम्मान’ प्रदान गरियो ।

कार्यक्रममा ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार पुरस्कार–२०८०’ मा छनौटमा परेका १० गीत मध्येबाट दुई गीत पुरस्कृत भए । मदनमाबो लिखित ‘आमा’ र विष्णु भण्डारी लिखित ‘चाहना हो तिमी मेरो’ पुरस्कृत भएका हुन् । माबो र भण्डारी जनही २८ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत भएका हुन् । गीतकार संघमा आबद्ध सदस्यहरूले २०८० सालका लागि दर्ता भई छनौटमा परेका १० गीतबाट यी दुई गीत उत्कृष्ट भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर