सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)लाई कार्यदल बैठकले अन्तिम रूप दिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले टिओआरलाई निष्कर्षमा पुर्‍याएको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

उक्त टिओआर प्रधानमन्त्रीलाई बुझाएलगत्तै सार्वजनिक गर्ने पनि बर्तौलाले बताए। सोमबार साँझ बालुवाटारमा बसेको सत्ता र विपक्षी दलको बैठकमा भएको सहमतिअनुसार नै आज कार्यदलले टिओआरलाई अन्तिम रूप दिएको हो।

टिओआरमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान राख्दै आएको थियो तर अन्तिम समयमा यो अडानबाट कांग्रेस पछि हटेसँगै सहमति भएको हो।

कार्यदलका ती सदस्यका अनुसार संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर