सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड बनाएको हो । सुनमा लाग्ने भन्सार दर १५ प्रतिशत रहेकोमा बजेटमार्फत २० प्रतिशत पुर्‍याइएको हो । महासंघले बिहीबार र शुक्रबार सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर