
आइसिसी टी–२० विश्वकप अगाडि नेपालले खेल्ने अन्तिम अभ्यास म्याच रद्द भएको छ । आइसीसीले नेपाल र अमेरिका बिचको खेल बिहीबार खेलाउने तय गरेको थियो । तर खराब मौसमका कारण खेल रद्द भएको हो ।
डालासको ग्रान्ड प्रिएरीमा टस समेत भएको थियो । घरेलु टोली अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । त्यस पछि भारी वर्षा सुरु भयो र खेल स्थगन गरियो । झन्डै ४५ मिनेट पछि वर्षा रोकिएपछि पिचको कभर पनि हटाइएको थियो । मैदानका कर्मचारीको दौडादौड त्यस बेला फेरि भयो जति बेला पुनः वर्षा सुरु भयो । त्यस पछि भने अम्पायरले खेल रोक्ने निर्णय गरे ।