ललितपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ।

गएराति ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै जनाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर