अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीको फिल्म ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति हेरफेर गरिएको छ।

यसअघि आगामी असोज ११ गतेलाई प्रदर्शन मिति तय गरिएकोमा फिल्मलाई एक हप्ता पहिले नै रिलिज गरिने भएको हो।

फिल्मलाई संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा ल्याइने भएको निर्मात्री एवं अभिनेत्री नीताले बताइन्।

उनका अनुसार वितरण कम्पनि र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज मिति हेरफेर गरिएको हो।

फिल्मको यतिबेला धमाधम डबिङको काम चलिरहेको छ। अभिनेत्री विपना थापा यही फिल्मको डबिङको लागि यतिबेला नेपालमा छिन्।

हरिहर अधिकारीको कथा, नीता ढुंगाना निर्माता रहेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।

सामाजिक कथासहितको प्रेमकथामा आधारित यो फिल्मलाई भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर