ल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार  बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो । यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन ।

दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको  प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर