अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव

पार्टी विभाजनको आधारमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिन भित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको आधारमा ३० दिन भित्र विश्वासको मत सदनबाट लिनुपर्ने प्रावधान छ ।

सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले पनि मंगलबार समर्थन फिर्ता लिंदा मुख्यमन्त्री यादव सदनमा विश्वासको मत गुमाउने निश्चित देखिन्छ ।

१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ ।

सरकार बनाउन वा बचाउन चाहिने अवश्यक ५४ सिट जसपाको पुग्दैन ।

जनमतको नेतृत्वमा सरकार बनाउने सहमति गरेका एमाले, माओवादी केन्द्रसँग, अब एकीकृत समाजवादी पनि थपिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सहयोग गर्ने सहमति गरिसकेकाले अब उसको संख्या ५५ पुग्छ । यस कारण अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।

मुख्यमन्त्रीले सदन फेस गरे आज साँझसम्म जनमतका महेशप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने दलहरुको तयारी छ ।

आज विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।

उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १०  बजे बस्ने जसपा संसदीय दलको बैठकले तय हुने एक सांसदले बताए ।

वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा  एमाले र  नेकपा माओवादी  केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो ।

पार्टी विभाजनको आधारमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिन भित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको आधारमा ३० दिन भित्र विश्वासको मत सदनबाट लिनुपर्ने प्रावधान छ ।

सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले पनि मंगलबार समर्थन फिर्ता लिंदा मुख्यमन्त्री यादव सदनमा विश्वासको मत गुमाउने निश्चित देखिन्छ ।

१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ ।

सरकार बनाउन वा बचाउन चाहिने अवश्यक ५४ सिट जसपाको पुग्दैन ।

जनमतको नेतृत्वमा सरकार बनाउने सहमति गरेका एमाले, माओवादी केन्द्रसँग, अब एकीकृत समाजवादी पनि थपिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सहयोग गर्ने सहमति गरिसकेकाले अब उसको संख्या ५५ पुग्छ । यस कारण अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।

मुख्यमन्त्रीले सदन फेस गरे आज साँझसम्म जनमतका महेशप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने दलहरुको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर