‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ बुधबार विश्व वातावरण दिवस मनाइएको छ । नेपालमा पनि यही नाराकासाथ देशव्यापी रूपमा विभिन्न संघ-संस्था र विद्यालयहरुले सो दिवस मनाएका हुन् ।
‘हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।










