नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेको हो । सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार श्रेष्ठलाई शुक्रबार काठमाडौंबाटै पक्राउ गरिएको हो ।

बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिनापछि एक जना श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो । यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

अहिलेसम्म कोही पनि पक्राउ नपरको भन्दै सीआईबीमाथि दबाब बढ्न थालेपछि सीआईबीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर