नेपाली बजारमा सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो। आज उक्त मूल्यको रेकर्ड तोडिएको छ।

बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ।

चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा करोबार भइरहेको छ। बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर