सुदूरपश्चिम सरकारलाई पूर्णता दिने तयारी गरिएको छ । हाल सरकारमा सहभागी नभएको सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रलाई सहभागी गराउँदै मन्त्रीमण्डल विस्तारको तयारी गरिएको हो ।  एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले आज नै मन्त्री मण्डल पूर्णता दिने गरी छलफल अगाडि बढेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्के लगत्तै आज अन्तिम टुङ्गो लागे पनि उपनेता रावलको भनाई छ ।

उनका अनुसार एमाले र माओवादीबाट मन्त्री हुनेको नाम पनि टुङ्गो लागिसकेको छ । माओवादीबाट अक्कल रावल, ओमविक्रम भाट, र लक्ष्मी विकको नाम सिफारिस गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर