बैशाख अन्तिम साता गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ शल्यक्रिया गरियो । उनको आँखाको खाल्डोलाई पुरेर कस्मेटिक प्रोथेस्टिक भनिने कृत्रिम आँखा राखिएको थियो ।

प्रोथेस्टिक राखेपछि अब मेनुकाले चस्मा लगाउन जरुरी छैन । सर्जरीपछि पहिलोपटक मेनुकाले आफ्नो आँखाको लुक सार्वजनिक गरेकी छन् । फोटोमा उनी चस्मा बिना सामान्य व्यक्तिजस्तै देखिएकी छिन् ।

अब उनलाई चस्मा लगाउन जरुरी छैन । सर्जरीअघिका उनका तस्वीर चस्मा लगाएकै लुकमा देखिएका थिए ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने डा. रुइतले बताए । ‘अहिलेसम्मको प्रविधिले उहाँमा ज्योति फिर्ता ल्याउँदैन । प्रविधि बलियो भएर आयो भने भविष्यमा आउला,’ उनले भने, ‘उहाँको आँखामा ज्योति आउँदैन भनेर मैले पहिला पनि भनेको हुँ । यो कुरामा अहिले पनि म कायम छु ।’

तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर