रौतहटका अलग–अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ । मृतक दुवै गौर नगरपालिका क्षेत्रका हुन् ।

सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको थियो भने त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकका परिवारका सदस्यहरुले हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन । प्रहरीले भने शव फेला परे पनि हत्या भएको हो वा अन्य कुनै कारणले उनीहरुको मृत्यु भएको हो भन्नेबारे अनुसन्धानपछि मात्र पुष्टि हुने जनाएको छ ।

गौर नगरपालिका वडा नं. ५ का अध्यक्ष शिवशंकर गुप्ताले भने मृतक राहुल मेहताको शरीरका कपडा तथा चप्पल बाग्मती नदी किनारको झाडीमा भेटिएको र मुखबाट रगत बगेको प्रष्ट देखिएकाले उनको हत्या भएको आशंका गरे । ‘२० वर्षीय युवक राहुल मेहताको शव जुन अवस्थामा भेटिएको छ त्यसले हत्या भएको हो भन्ने देखाउँछ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर