राष्ट्रिय योजना आयोगको सदस्यमा पूर्वसचिव डा. रमेश प्रसाद सिंह नियुक्त भएका छन् । गत जेठ २४ गतेको मन्त्रिपरिषद बैठकबाट सिंह योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि सोही पार्टीको कोटाबाट सदस्य बनेका उमाशंकर प्रसादले राजीनामा दिएपछि योजना आयोगमा एक सदस्य पद रिक्त थियो । सो ठाउँमा अशोक राई नेतृत्वको जसपाको कोटाबाट पूर्वशहरी विकास सचिव डा. सिंह नियुक्त भएका हुन् ।

जेठ २४ को मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने निर्णय गरे पनि उनी कार्यभार सम्हाल्न भने नआइसकेको राष्ट्रिय योजना आयोग स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर