नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ।
आइतबार प्रतितोला एकैदिन एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।










