
प्रसाद-२ फिल्ममा ठगी गरेको आरोपमा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापासहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ।
काठमाडौं जिल्ला अदालतमा तीन जनाविरूद्ध ठगी कसुरमा मुद्दा दायर भएको हो।
प्रहरी वृत्त बौद्धले ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल र फिल्म निर्देशक सुदर्शन थापालाई पक्राउ गरेको थियो। एडिटर मिलनकुमार श्रेष्ठ भने फरार प्रतिवादी कायम भएका छन्।
उनीहरूले निर्माता समेत रहेका सुदर्शन बस्नेतलाई जानकारी नदिई र अनुमति समेत नलिई ओएसआर डिजिटलमार्फत फिल्म प्रदर्शन गरेको आरोप छ।
२०७९ फागुन १९ गतेबाट अनुमति बिना प्रदर्शन गरेको र यसबारे थापा पाएर बस्नेतले सोध्दा पनि गैरजिम्मेवार जबाफ पाएको बस्नेतको जाहेरीमा उल्लेख छ।