बिहिबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताए ।

उनले भने–‘बजेट तर्जुमा प्रणालीमा विद्यमान कमिकमजोरीमा निरन्तर सुधारका लागि पनि सरकार कटिबद्ध छ । चाहे जस्तो अझै हुन सकेन, यसका निम्ति हामी सबैले प्रयास गर्नुपर्ने हुन्छ । माननीय मन्त्रीजीहरुले पनि योजना कार्यान्वयन गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको, प्रधानमन्त्रीकै निर्देशनलाई पनि जति गम्भीरतापूर्वक लिनुपर्ने हो, भन्दा भन्दैपनि साना आयोजना राखिएको छ, भोली तपाईहरुपनि मन्त्री, प्रधानमन्त्री हुनुहोला । त्यसकारण यो विषय परिमार्जन आवश्यक छ ।’

प्रधानमन्त्रीले बजेटमा जे भएको छ त्यो ठीक भएको छ भन्ने पक्षमा आफू नरहेको बताए । उनले ३ करोड भन्दा कम बजेट विनियोजन भएका योजनाहरु संघले कार्यान्वयन नगर्ने, प्रदेश र स्थानीय तहबाटै कार्यान्वयनमा लैजाने व्यवस्था गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर